IME Pay ने पाली डिजिटल वालेट
यो युग भनेको डिजिटल युग हो । यो युगमा सबै मानिसले आफ्नो कामलाई आफ्नै घरमा बसेर गर्न चहान्छ र गरीरहेको पनि छ
। जस्तैः–
हामीले आज घरमै बसेर आफूलाई मन परेको चीज सजिलै घरमा बसेर किनबेच,
घरबाटै सिनेमा तथा सावारी साधनको टिकट खरिद, घरबाटै मोबइलमा रिर्चाज तथा विभिन्न किसिमका बिलहरुको बिल भुक्तानी गर्ने गरिरहेको छौँ ।
यस्ता सेवा नेपालमा प्रयोग गर्नको लागि हामीलाई डिजिटल वालेटको आवश्यकता पर्दछ ।
नेपालमा ई–सेवा (E-sewa), आई.एम.ई.पे (IME Pay), खल्ती
(Khalti) केही प्रसिद्व डिजिटल वालेटहरु हुन् ।
मित्रहरु आज
म तपाईहरुलाई आई.एम.ई.पे (IME Pay) को
बारेमा केही जानकारी बाड्न चहान्छु ।
आई.एम.ई.पे (IME Pay) भनेको
के हो
?
आई.एम.ई.पे (IME Pay) नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त IME ले
संचालन गरेको एक डिजिटल वालेट हो । यो E-sewa पछि दोस्रो प्रसिद्व डिजिटल वालेट हो ।
यसको प्रयोग गरेर सजिलै हामीले एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन तथा पाउन सकिन्छ । यतिमात्रै नभएर विभिन्न किसिमका सेवा सुविधाहरु प्रयोग गर्न सक्छौँ ।
आई.एम.ई.पे (IME Pay) बाट के–के गर्न सकिन्छ ?
आई.एम.ई.पे (IME Pay) प्रयोग गरेर निम्नलिखित सेवा सुविधाहरु लिन सकिन्छ ।
1. आफ्नै घरमा बसेर घरपरिवार तथा विभिन्न आई.एम.ई.पे (IME Pay) एजेन्टहरुबाट
पैसा प्राप्त गर्न तथा पठाउँन ।
2. मोबइल
रिर्चाज गर्न ।
3. टेलिफोन, विद्युत,
पानी, टि.भी.
तथा इन्टरनेटको बिल भुक्तानी गर्न ।
4. दुई पाङ्ग्रे,
तिन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनहरुको EMI भर्ना ।
5. बिमाको Premium भर्ना
।
6. सिनेमा तथा सवारी साधनको टिकट बुकिङ्ग गर्न ।
आई.एम.ई.पे (IME Pay) वालेटमा खाता खोल्न के–के चहिन्छ
?
आई.एम.ई.पे (IME Pay) मा खाता खोल्न निम्नलिखित कागजातहरु चहिन्छ ।
1. पासपोर्ट साइज फोटो
2. लाइसेन्स, नगारिकता,
पासपोर्ट अथवा राष्ट्रिय परिचय पत्रमा कुनै एक कागजात
3. खातावालको व्यक्तिगत विवरणहरु
आई.एम.ई.पे (IME Pay) मा खाता खोल्न के गर्ने ?
आई.एम.ई.पे (IME Pay) मा खाता खोल्न तल उल्लेख गरेको प्रकृयाहरु पलन गर्नुहोस् ।
1. सर्वप्रथम 'Google Play Store'
मा गएर 'IME Pay' सर्च गरी (IME Pay) लाई आफ्नो मोबइलमा Install गर्नुहोस्
।
2. आई.एम.ई.पे (IME Pay) एप्लिकेशन खेलेर 'Let's Get
Started' बटनमा
क्लिक गर्नुहोस् ।
3. आफ्नो मोबइल नम्बर टाइप गरेर Continue बटनमा क्लिक गर्नुहोस् । केही सेकेन्ड पछि आफ्नो मोबइलको म्यासेज बक्समा
OTP लम्बर पाउनु् हुने छ ।
4. 'OTP' नम्बर टाइप गरी 'Save and
Continue' बटनमा
क्लिक गर्नुहोस् ।
5. ४ अङ्कको वालेट पिन दुवै खाली ठाउँमा एउटै नम्बर टाइप गरी 'Continue' बटनमा
क्लिक गर्र्र्नुहोस् ।
6. IME Card छ
भने Yes र छैन भने No मा क्लिक गर्नुहोस् ।
7. आफ्नो व्यक्तिगत विवरणहरु ः–
नाम, लिङ्ग, जन्म मिती, राष्ट्रियता, वुवा अथवा पतिको नाम,
वैवाहिक स्थिति,
पेसा क्रमश भर्नुहोु् र
'Save and
Continue' बटनमा
क्लिक गर्नुहोु्स् ।
8. आफ्नो जिल्ला,
नगरपालिका अथवा गाउँपालिका र
वार्ड नम्बर टाइप गरी 'Save and
Continue' बटनमा
क्लिक गर्नुहोस् ।
9. आफूसँग भएको कागजातको किसिम छनौट गरी आइडी नम्बर टाइप गरेर आफ्नो पासपोर्ट साइज फोटो र कागजातको अगाडी र
पछाडीको फोटो अपलोड गरी 'Save and
Continue' बटनमा क्लिक गर्नुहोस् ।
10. 'Invitation
code' मा 'CS1714879' वा 9844841338
टाइप गरी 'APPLY CODE' बटनमा क्लिक गर्नुहोस् ।
यदी तपाईले 'Invitation
Code' प्रयोग
गर्नुभयो भने २५ रुपियाँ बराबरको बोनस पाउनु हुनेछ अन्यथा पाउनु हुन्न ।
केही समयपछि तपाईको खाता प्रमाणित भएपछि तपाई आफ्नो खाताबाट कारोबार गर्न सक्नुहुनेछ ।
आई.एम.ई.पे (IME Pay) मा ब्यालेन्स कसरी लोड गर्ने ?
आई.एम.ई.पे (IME Pay) मा विभिन्न माध्यमहरुबाट ब्यालेन्स लोड गर्न सकिन्छ ।
आई.एम.ई.पे (IME Pay) मा ब्यालेन्स लोड गर्ने केही माध्यमहरु यस प्रकारका छन् ।
1. IME रेमिट अथवा आई.एम.ई.पे IME Pay एजेन्टहरुबाट
2. आफ्नो बैंक खातालाई लिंक गरेर
3. डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर
4. मोबइल बैकिङ्ग वा इन्टरनेट बैकिबाट
5. आई.एम.ई.पे IME Pay ट्रान्सफर
गरेर